धनुषाको पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट « Khabarhub

धनुषाको पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन र सरकारी वित्तीय व्यवस्थापन ऐन, ०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ । तर, जिल्लाका पाँच पालिकाले निर्धारित समय बजेट ल्याउन नसकेको जिल्ला समन्व्य समिति धनुषाले जनाएको छ ।

निर्धारित समयमा गणेशमान चारनाथ, शहीद, कमला, जनकनन्दनी र धनौजी गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तह रहेको धनुषामा पाँच बाहेक अरू सबै पालिकाले बजेट ल्याइसकेका छन् ।

बजेट ल्याउन नसकेका पालिकाहरुमा आवश्यक तयारी नपुगेको हुनाले बजेट नल्याएको भन्दै अबको एक साताभित्र बजेट ल्याउने तयारी गरेका छन् । अधिकांश पालिकामा प्रमुख र उपप्रमुखबीचको विवाद, जनप्रतिनिधिको भागवाण्डा नमिल्दा र पुरानो हरहिसाबमा पार्दशिता नदेखिँदा जनप्रतिनिधिकै अवरोधका कारण बजेट ल्याउन ढिलाई भएको स्थानीय बताउँछन् ।

गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन नसकिएको बताए । पालिकाको आन्तरिक विवादका कारण समयमै बजेट ल्याउन नसकिएको भन्दै उनले छिट्टै बजेट ल्याइने दाबी गरे ।

यस्तै कमला नगरपालिकाका प्रमुख राम उदगार यादवले पनि जनप्रतिनिधिको असन्तुष्टिका कारण निर्धारित समयमा बजेट आउन नसकेको बताए । कार्यपालिका सदस्यहरूको असन्तुष्टि सम्बोधन गरी असारभित्रै बजेट ल्याइसक्ने उनले बताए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : १३ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी