व्यवसाय प्रवर्द्धनका लागि ‘योङ बिजनेस एक्जुकेटिभ फोरम’ गठन « Khabarhub

व्यवसाय प्रवर्द्धनका लागि ‘योङ बिजनेस एक्जुकेटिभ फोरम’ गठन


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयात तथा निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाईबीईएफ ) गठन भएको छ ।

गौरव शारडाको अध्यक्षतामा योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन भएको हो । युवा व्यावसायिक नेतृत्व विकासका लागि फोरमको गठन गरिएको संघले जनाएको छ ।

ज्ञान आदानप्रदान, नवीन विचारको आदन-प्रदान तथा व्यावहारिक सिकाइ र सूचनामार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए।

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता प्रवर्द्धनमा योगदान पुर्‍याउने छ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ ।

फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात-निर्यात व्यापार प्रवर्द्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंलले व्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : १२ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक