गर्दन दुख्छ ? निको पार्न गर्नुहोस् यी चार व्यायाम « Khabarhub

गर्दन दुख्छ ? निको पार्न गर्नुहोस् यी चार व्यायाम



व्यस्तता, भागदौड र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाइ हड्डी खिएर, नसा च्यापिएर, कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेसीलाई बलियो बनाउन निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ।

यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।

व्यायाम-१

दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस । अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई अगाडि र टाउकोले हातलाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।

व्यायाम- २

दुबै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड कम्मर दर्दं सीधा राखेर बस्नुहोस् । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम- ३

देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस् र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतिर ठेल्नुस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।

व्यायाम- ४

दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस् र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतिर ठेल्नुहोस् र टाउकोले दाहिनेतिर ठेल्नुहोस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

यी सबै व्यायामलाई पाँच पटक दोहराउनूहोस् ।

 

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ५५ बजे

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा