घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको मूल्यमा सामान्य उतारचढाव आइरहेको छ ।

यो हप्ता पनि मूल्य यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको मूल्यमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ५५ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको