घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको मूल्यमा सामान्य उतारचढाव आइरहेको छ ।

यो हप्ता पनि मूल्य यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको मूल्यमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ५५ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।