सात बुँदे माग राख्दै यातायात व्यवसायीले बुझाए गाडीको चाबी « Khabarhub

सात बुँदे माग राख्दै यातायात व्यवसायीले बुझाए गाडीको चाबी


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवसायीले विभिन्न सात बुँदे माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ । आफूहरुको माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि व्यवसायीले माग गरेका छन् ।

त्यस्तै दुई वर्षसम्मको सवारी नविकरण कर छुट दिनुपर्ने, सडकसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने माग पनि महासंघले राखेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४५ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ