सात बुँदे माग राख्दै यातायात व्यवसायीले बुझाए गाडीको चाबी « Khabarhub

सात बुँदे माग राख्दै यातायात व्यवसायीले बुझाए गाडीको चाबी


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवसायीले विभिन्न सात बुँदे माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ । आफूहरुको माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि व्यवसायीले माग गरेका छन् ।

त्यस्तै दुई वर्षसम्मको सवारी नविकरण कर छुट दिनुपर्ने, सडकसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने माग पनि महासंघले राखेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै