शेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा कारोबार रकम १४ अर्ब २३ करोड « Khabarhub

शेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा कारोबार रकम १४ अर्ब २३ करोड


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३,०५८ दशमलव ६४ को विन्दुमा कायम भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये ११ वटा उपसमूह बढेका छन् भने होटल्स एण्ड टुरिजम र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

दिनभरिमा २२३ वटा कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ४९ करोड ७६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

ग्लोबल आइएम बैंकको ४९ करोड ४४ लाख ३९ हजार, एनसीसी बैंकको ३४ करोड ७८ लाख ९८ हजार, अरुण कावेली पावरको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, नाङदी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राद्यी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाई धनीले गुमाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै