शेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा कारोबार रकम १४ अर्ब २३ करोड « Khabarhub

शेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा कारोबार रकम १४ अर्ब २३ करोड


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३,०५८ दशमलव ६४ को विन्दुमा कायम भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये ११ वटा उपसमूह बढेका छन् भने होटल्स एण्ड टुरिजम र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

दिनभरिमा २२३ वटा कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ४९ करोड ७६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

ग्लोबल आइएम बैंकको ४९ करोड ४४ लाख ३९ हजार, एनसीसी बैंकको ३४ करोड ७८ लाख ९८ हजार, अरुण कावेली पावरको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, नाङदी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राद्यी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाई धनीले गुमाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ०५ बजे

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको

भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २