एमाले एकता जोगाउन कार्यदल सदस्य र सांसदहरूबीच छलफल | Khabarhub Khabarhub

एमाले एकता जोगाउन कार्यदल सदस्य र सांसदहरूबीच छलफल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता भीम रावलले एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा एमाले एकताका लागि प्रयास गरिरहेका सांसदहरुले आयोजना गरेको छलफल कार्यक्रममा रावलले अहिले आफूहरु एकताको नजिक रहेकाले कार्यदलले जुटाएको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका हुन्।

विगतका गल्ती कमजोरीलाई समीक्षा गर्नुपर्ने र समयसँगै अब अन्तरविरोधहरु कम गर्दै लैजानुपर्ने उनले बताए । रावलले १० बुदे सहमतिका लागि अधिकतम प्रयास गरेको र यसलाई कार्यान्वयन गराउनका लागि सांसदसँग आग्रह गरिएको धारणा राखे । उनले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

अर्का सांसद कृष्ण प्रसाद दाहालले १० बुँदे सहमति हुँदाहुँदै पनि समस्याहरु समाधान हुन नसकेकाले एकतामा समस्या भएको बताए । स्वार्थ केन्द्रीत विवादलाई अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड रहेको उनले बताए ।

अन्य सांसदहरुले पनि १० बुदेँ सहमतिकै सेरोफेरोमा रहेर नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने जनाएका थिए । एमाले एकता अभियानमा रहेका सांसदहरुले कार्यदलमा रहेका दुवै पक्षका संयोजकसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : १० बजे

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव

निगमलाई प्रधानमन्त्रीको चेतावनी : आफ्नो इन्जिन विदेशमा थन्क्काएर भाडामा जहाज उडाउने कुरा सह्य हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको

मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने

काठमाडौं– नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २

महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जनतामा पुनःविश्वास दिलाउन