नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ (भिडियोसहित) « Khabarhub

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ (भिडियोसहित)


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका हुन् ।

शपथपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए ।

प्रधानमन्त्रीको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ०५ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा