निर्मला पन्त हत्याको ३ वर्ष पूरा, न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

निर्मला पन्त हत्याको ३ वर्ष पूरा, न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

२०७५ साउन १० गते भएको घटनाको आइतबार तीन वर्ष पुगेको छ । तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले मुलुकमा महिला हत्या हिंसाको घटनामा कमी नआएको भन्दै नाराबाजी गरे । त्यस्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले संविधान नै संशोधन गरी बलात्कार र हत्या गर्नेलाई फासीको सजाय दिनुपर्ने माग गरे ।

घर नजिकै रहेको उखुबारीमा साउन ११ गते निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ३१ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ