वायु सेवा निगमलाई निजीकरण गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश « Khabarhub

वायु सेवा निगमलाई निजीकरण गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल वायु सेवा नियगमलाई निजीकरण गर्ने प्रक्रिया तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

निगमलाई निजीकरण गर्ने प्रक्रिया रोक्न माग गर्दै आतिस कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

साउन २५ गते उपस्थित हुन दुवै (निवेदक र निगमसहित सरकारी) पक्षलाई अन्तरिम आदेशबारे छलफलका लागि उपस्थित हुन भनेको हो।

सर्वोच्चले सो अवधिसम्म निजीकरण गर्ने प्रक्रियाका लागि भइरहेका कामकारबाही रोक्न आदेश दिएको छ ।

आदेशमा उल्लेख छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेशको सम्बन्धमा निर्णय हुनु अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्न नगराउनू भनी प्रत्यर्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ। यसमा निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनी निवेदन माग गरेको सम्बन्धमा दुवै पक्ष बीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकोले मिति २०७८।४।२५ गते अन्तरिम आदेश छलफलको पेशी तोकी उपस्थित हुन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (ग) बमोजिम प्रत्यर्थीहरूलाई जानकारी गराउनू।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : १७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा