सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा « Khabarhub

सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले उपाध्यक्ष भीम रावलको अभिव्यक्तिलाई समर्थन गर्दै प्रशंसा गरेका छन् ।

एमालेबीचमै कडा आलोचकका रुपमा परिचित थापाले भीम रावलकै पनि निकै आलोचना गर्दै आएका थिए । तर, रावलको पछिल्लो अभिव्यक्तिलाई भने थापाले प्रशंसा गरेका छन् ।

आफ्नो पार्टी र पक्षभन्दा बाहेकलाई कडा प्रहार गर्ने थापाले रावलले पार्टी एकताका लागि दिएको मन्तव्यलाई लिएर प्रशंसा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर दिँदै आफू नढलेको र एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको उपाध्यक्ष रावलको अभिव्यक्ति थियो ।

उक्त विचारलाई लिएर नेता थापाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ । – भीम रावल । चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा