भारतमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो, उद्धार कार्य जारी « Khabarhub

भारतमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो, उद्धार कार्य जारी


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा भारी मनसुन वर्षाको कारण आएको बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौँ मानिस हराइरहेको र उनीहरूको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित कुल ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।

चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको छ भने सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण विद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीको मृत्यु भएको थियो ।

उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर विद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । (रासस/एएफपी)

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ४५ बजे

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको

पाँच वर्षलाई बन्द भयो मधेशवादी दोकान

काठमाडौं– नेपाली राजनीतिमा लामो समयदेखि मधेसको मुद्दाको नाममा राष्ट्रिय राजनीतिमा

अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा