ज्योति विकास बैंकले मनायो १३औँ वार्षिकोत्सव | Khabarhub Khabarhub

ज्योति विकास बैंकले मनायो १३औँ वार्षिकोत्सव


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकले शनिबार स्थापनाको १३औँ वार्षिकोत्सव मनाएको छ।

हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए।

साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव उप्रेती र संस्थापक सेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ।

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको न्यानो नानी परियोजना– २ को लागि सहयोग प्रदान गरेको छ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा न्यानो नानी बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो।

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको न्यानो नानी परियोजनाको लागि १० लाख २० हजार प्रदान गरे।

कार्यक्रममा अध्यक्ष हरि प्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहीअनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे।

साथै अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधैँ क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नुपर्ने, त्यस्तो उद्यमशीलता प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै ज्योति विकास बैंकले गरेको सहयोग उदाहरणीय रहेको विचार व्यक्त गरे।

१३औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘ज्योति परिवर्तनकारी कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको छ।

उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मूल्यांकन तथा न्युनतम कागजातसहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो।

वार्षिकोत्सवकै अवसरमा बैंकले शून्य मौज्दातमा बचत, डिम्याट र मेरो सेयर एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिंग खाता तथा ज्योति कन्ट्याक्टलेस कार्ड पनि सार्वजनिक गरेको छ।

सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ।

सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा नायब महाप्रबन्धक सुशील कुमार शर्माले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूरदृष्टि, ध्येय र मूल्य मान्यताहरुको अधीनमा रही बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : ३३ बजे

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्