आज काठमाडौँ उपत्यका लगायत देशभर वर्षा « Khabarhub

आज काठमाडौँ उपत्यका लगायत देशभर वर्षा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानसहित देशका अधिकांश भागमा वर्षा भइरहेको छ ।

आज दिनभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, २, गण्डकी र लुम्विनी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ब्यापक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ भदौ ०९ गते (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना छ। प्रदेश १, २, बागमाती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाकोसम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोदेखिन्छ ।

२०७८ भदौ १० गते (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाकोसम्भावना छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । साथै प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ।

२०७८ भदौ ११ गते (शुक्रबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना छ। प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुका एक वा दुई स्थानमा धेरै भारी वर्षाको संभावना पनि रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाकोसम्भावना छ । साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३५ बजे

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई