जिल्ला सभापतिहरुको धर्नामा समर्थन जनाउन पौडेल सानेपा जाने « Khabarhub

जिल्ला सभापतिहरुको धर्नामा समर्थन जनाउन पौडेल सानेपा जाने


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सो धर्नामा सर्मथन जनाएका छन् । सो धर्नालाई समर्थन जनाउन पौडेल बुधबार सानेपा जाने भएका छन् । दिउँसो २ बजे पौडेल सानेपा जाने उनी निकट नेताहरुले जानकारी दिएका छन् ।

क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न र जिल्ला सभापतिको निर्वाचन सबै जिल्लामा एउटै प्रक्रियामा गर्नुपर्ने माग राख्दै अधिकांश जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । विशेषतः पौडेल समूहका जिल्ला सभापतिहरु धर्नामा बसेका छन् ।

आफू निकट जिल्ला सभापतिहरु धर्नामा बसेपछि बुधबार बिहान पौडेल समूहको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको थियो । सो बैठकले जिल्ला सभापतिहरुको धर्नालाई समर्थन जनाउने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ०२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको