तेह्रथुम पावर कम्पनीको आइपीओ खुला « Khabarhub

तेह्रथुम पावर कम्पनीको आइपीओ खुला


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ ।

कम्पनीले आज बिक्री खुला भएको आइपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीयवासीलाई रु चार करोड र सर्वसाधारणलाई रु आठ करोड बराबरको आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु ४० करोड हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपीओमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १ : ५० बजे

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको