यसरी छाड्न सकिन्छ चुरोटको लत | Khabarhub Khabarhub

यसरी छाड्न सकिन्छ चुरोटको लत


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायलाई थाहा छ, धुम्रपान स्वास्थ्यकालागि हानिकारक छ । तर हानिकारक रहेको थाहा हुँदाहुँदै पनि एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन निकै ग्राहो पर्दछ ।

धुम्रपानले मुटुको रोग, मुखको क्यान्सर, फोक्सोको क्यान्सरजस्ता रोग लाग्छन् । त्यसैले यसको लत लागेकाहरुले जतिसक्दो चाडो यसलाई छुटाउनु पर्दछ ।

धुमपानबाट छुटकारा पाउन सबैभन्दा पहिले मानसिक रूपमा व्यक्ति स्वयम् तयार हुनु पर्दछ । धुमपान त्याग्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मबल जुटाउनु नै हो । यसकालागि मनको अठोट र अडिग निर्णय नै महत्वपुर्ण हुन्छ ।

कसैले धुमपान छोड्यो भने २४ देखि ४८ घन्टाभित्र (२ दिनसम्म) अत्यधिक छटपटी हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् । यो बेला पानी धेरै पिउने बानी विकास गर्नुपर्छ ।

धुम्रपानको तलतल लागे वा छटपटी भए अत्यधिक पानी पिउनु पर्दछ । साथै रस भएको फलफूल खाने बानी विकास गर्नु पर्दछ । ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर चपाइ राखे पनि धुमपानको लत क्रमशः कम हुन्छ ।

धुमपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिकालागि दैनिक बिहान बेलुका प्राणायाम र ध्यान गर्नु उपयुक्त हुन्छ । आफूलाई व्यस्त बनाउनुपर्छ । साथै धुमपान गर्ने व्यक्तिहरूबाट ३ महिनासम्म टाढै रहनुपर्छ ।

यो बेला धुमपानबाट हुने हानि र छाडेपछि प्राप्त हुने फाइदाबारे सामाग्री अध्ययन वा भिडियो हेर्ने गर्नु पर्दछ । धुम्रपान छाड्दा शरीरलाई अत्यधिक लाभ हुन्छ यो कुरामा ढुक्क हुनु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : १५ बजे

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति