पाकिस्तानमा बालोचस्तानीहरूको विद्रोही आवाज | Khabarhub Khabarhub

पाकिस्तानमा बालोचस्तानीहरूको विद्रोही आवाज


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानी शहर गद्वारमा चिनियाँ नागरिकलाई लक्षित गर्दै भएको विस्फोटमा दुई जना बच्चाको ज्यान गएको छ । घटनामा धेरै जना घाइते भएको जनाइएको छ । बालोचिस्तानको इस्ट बे एक्सप्रेस परियोजनामा यो घटना भएको थियो ।

यसअघि जुलाईमा पनि उत्तरी पाकिस्तानमा ड्याम निर्माण भइरहेको स्थानका लागि कामदार ओसार्दै गरेको बसमा आत्मघाती बम विस्फोटमा १३ जनाको ज्यान गएको थियो । यसमा नौ जना चिनियाँ थिए । सोही आक्रमणमा दुई पाकिस्तानी सैनिक पनि मारिए ।

पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद क्युरेसीले जुलाईको यो घटनामा ‘तेहरिक ई तालिवान पाकिस्तानी’ को रूपमा चिनिएको पाकिस्तानी तालिवानको हात रहेको जनाएका थिए । उनले पत्रकार सम्मेलन गरेर भारतको रिसर्च तथा एनलाइसिस विङ (रअ) पनि घटनामा संलग्नता रहेको आरोप लगाएका थिए ।

बेइजिङले अहिले वाइडर बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना अन्तर्गत चीन–पाकिस्तान आर्थिक कोरिडोरमा भौतिक संरचना निर्माणका लागि ६५ अर्ब अमेरिकी डलर छुट्ट्याएको छ । यसले पाकिस्तानी सरकार खुसी रहे पनि स्थानीय वासिन्दालाइ आक्रोशित बनाएको छ ।

पाकिस्तानी सरकारले आर्थिक लोभले चीनको यो प्रस्ताव स्वीकार गरे पनि यसले बालोचिस्तानमा तनावको वातावरण सिर्जना गरेको छ । चीनको उपस्थितिसँगै गद्वार सामाजिक रूपले नै अशान्त बनेको छ र त्यहाँ चीन विरोधी धारणा बढेको छ ।

गत शुक्रबार भएको आक्रमणभन्दा अघि गत साताभरि पाकिस्तानको बन्दरगाह शहर गद्वारमा विरोध प्रदर्शन भएको थियो । चीनको यो परियोजनासँगै सो शहरमा पानी र विद्युत अभाव भएको तथा जनजीवन नै असहज भएको गुनासो प्रदर्शनकारीहरूको थियो ।

गद्वारको तटीय सहर बालोचिस्तानमा माझी र स्थानीय कामदारले टायर बालेर प्रदर्शन गरेका थिए । चिनियाहरूले अवैध ढङ्गले माछा मारेर आफ्नो देशमा लगेको आरोप पनि उनीहरूले लगाएका थिए ।

शुक्रबारको घटनाबारे बोल्दै पाकिस्तानी अधिकारीले दुई बच्चाको निधन भएको तथा चिनियाँ इन्जिनियर घाइते भएको बताए । बालोचिस्तान लिबरेसन आर्मी (बीएलए) ले शुक्रबार भएको उक्त घटनाको जिम्मेवारी लिएको छ । बीएलएले चीनले पाकिस्तानको खनिज स्रोतको शोषण गरेको लगाउँदै आएको छ ।

गएको एक महिनादेखि प्रदर्शन जारी रहे पनि पछिल्लो साताको प्रदर्शन शान्त रहेको जनाइएको छ । चीनका कारण पानी र विद्युतको अभाव भए पनि स्थानीय अधिकारीले यो आवाज बेवास्ता गर्दै उल्टै आफूहरूमाथि दमन स्थानीय राजनीतिकर्मी फैल निगोरीको आरोप छ ।

यो परियोजना अन्तर्गत पाकिस्तानले गद्वार बन्दरगाह ४० वर्षका लागि चीनलाई भाडामा दिएको छ । यो चीनको विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत पर्छ । यसले एसियादेखि युरोपसम्म चीनलाई ७० देशका लागि व्यापारिक बाटो दिनेछ ।

पाकिस्तानी सरकारले आर्थिक लोभले चीनको यो प्रस्ताव स्वीकार गरे पनि यसले बालोचिस्तानमा तनावको वातावरण सिर्जना गरेको छ । चीनको उपस्थितिसँगै गद्वार सामाजिक रूपले नै अशान्त बनेको छ र त्यहाँ चीन विरोधी धारणा बढेको छ ।

स्थानीय अधिकारीहरूले गद्वारमा विकास हुने तथा पावर स्टेसन बन्ने र अत्यावश्यक विद्युत् आपूर्ति हुने आश्वासन दिएको छ । यथार्थ भने फरक रहेको छ । त्यहाँ पाकिस्तानीलाई लाभ हुने कुनै योजना छैन । चिनियाँको उपस्थितिसँगै जीवनयापन कठिन बनेको छ । चीनका फिसिङ बोटले अवैधरूपमा माछा मारेर त्यहाँ अर्को समस्या सिर्जना गरेका छन् ।

चीनको उपस्थितिसँगै विकसित वातावरणले पाकिस्तानका आतंककारी समूहलाई बल पुगेको जनाइएको छ । यसकारण चीन पनि समस्यामा परेको देखिएको छ । पाकिस्तानमा रहेका हरेक चिनियाँ अधिकारी असुरक्षित देखिएका छन् । अप्रिलमा होटेलमा बसेको समयमा चिनियाँ राजदूतलाई लक्षित गरेर हमला भएको थियो ।

पाकिस्तानको केन्द्रसँग सरोकार नै नभएझैँ लाग्ने बालोचिस्तान पिछडिएको स्थानको रूपमा रहेको छ । इरानबाट विद्युत् झिकाइएको उक्त ठाउँमा गत सातादेखि विद्युत् बन्द भएको छ । तलाउ सुकका पानीको पनि अभाव भएको छ ।

स्थानीय अधिकारीहरूले गद्वारमा विकास हुने तथा पावर स्टेसन बन्ने र अत्यावश्यक विद्युत् आपूर्ति हुने आश्वासन दिएको छ । यथार्थ भने फरक रहेको छ । त्यहाँ पाकिस्तानीलाई लाभ हुने कुनै योजना छैन । चिनियाँको उपस्थितिसँगै जीवनयापन कठिन बनेको छ । चीनका फिसिङ बोटले अवैधरूपमा माछा मारेर त्यहाँ अर्को समस्या सिर्जना गरेका छन् ।

शुरूमा सो स्थानलाई सिङ्गापुर बनाउने आश्वासन दिए पनि अहिले चीनका कारण समस्या उत्पन्न भएकाले नैसर्गिक अधिकारका लागि लड्नु परेको नीगोरी बताउँछन् । इस्लामाबाद स्थित इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका सिनियर रिसर्च फेलो मिर सेर वाज खेत्रानले चीनको उपस्थितिले पाकिस्तानमा अस्थिरता निम्त्याएको प्रस्ट भएको बताउँछन् । उनका विचारमा अहिले नै यो परियोजनाबारे ध्यान नदिइए बालोचिस्तानको स्रोतको दोहन अझै बढ्नेछ ।

गत महिनामात्र पाकिस्तानले गद्वार बन्दरगाहमा अवैध रूपले माछा मारेको आरोपमा पाँच चिनियाँलाई सामातेको थियो । गद्वारकै फिसरफल्क गठबन्धनका प्रमुख खुदादाव वाजु स्थानीय मछुवारकै समूहले माछा त्यहीँ स्थानको हो या होइन भन्ने पहिचान गरेको थियो ।

चिनियाँ अधिकारीहरूले भने यसको खण्डन गरेका छन् । स्थानीय व्यक्ति चिनियाँलाई त्यहाँ माछाका मार्न नदिन कठोर भए पनि पाकिस्तानी स्थानीय अधिकारी भने लचिलो रहेका छन् ।

जसरी श्रीलंकाको हम्बन्तोता बन्दरगाहका लागि भएको सम्झौताका कारण श्रीलंकको स्रोतबाट चीनले भरपुर लाभ लिएको छ, त्यसै गरी चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीईसी) को कारण पाकिस्तानी स्रोतमा चीनले भरपुर लाभ लिने गरी पाकिस्तानी सरकारले घाटाको सम्झौता गरेको आरोप स्थानीय पाकिस्तानीहरूको छ ।

पाँच वर्ष अन्तरालमा यो परियोजनाले चीनलाई एकलौटी फाइदा पुग्ने तथा मध्य एसिया, दक्षिण एसिया र दक्षिण पूर्वी एसियामा प्रभाव जमाउने चिनियाँ रणनीतिमा पाकिस्तानी सरकार सहयोगी मात्र भएको आभास पाकिस्तानीहरूलाई हुन थालेको छ । साथै यसले आफ्नो जीवनमा कठिनाइ आएको महसुस पनि पाकिस्तानीमा हुन थालेको हो ।

यो सीपीईसी परियोजनामा पाकिस्तानलाई धेरै घाटा छ । चिनियाँ प्रवेशसँगै पाकिस्तानी संस्कृतिमा आघात पुग्ने मत पनि रहेको छ ।

अहिले धेरै पाकिस्तानीलाई दुःखित तुल्याउने थप कारण पनि छन् । यो कोरिडोर अन्तर्गतको परियोजनामा चिनियाँ फर्मले काम गरिरहेका छन् । सामान्य तल्लो तहबाहेक अन्यत्र पाकिस्तानीले कामको जिम्मेवारी पाएका छैनन् ।

चिनियाँ उपस्थितिसँगै रोजगारीमा वृद्धि हुने पाकिस्तानी सरकारको दाबीका बाबजुद त्यहाँका शिक्षित र मध्यम शिक्षित व्यक्ति बेखुस छन् ।

यससँगै पाकिस्तानी बजारमा चिनियाँ सामानको प्रभाव बढाउने र पाकिस्तानको निर्यातमा कमी हुने सम्भावना पनि त्यतिकै रहेको छ । यो शुरूवाती विद्रोह बालोचिस्तानमा देखिए पनि यो सम्झौतामा धेरै पाकिस्तानीहरू असन्तुष्ट छन् ।

पाकिस्तानका ६२ वटा मुख्य कम्पनीको प्रतिनिधित्व गर्ने पाकिस्तान विजिनेस काउन्सिलका कार्यकारी प्रमुख इसान ए मलिक सीपीईसीले कर, राजश्व र रोजगारी वृद्धि नगर्ने बताएका छन् । यो कोरिडोरसँगै सीमा क्षेत्रमा पाकिस्तानले धेरै सेना राख्नुपर्ने अवस्था पनि आउन सक्नेछ । यसले सुरक्षामा पाकिस्तानको खर्च स्वतः बढ्ने छ ।

सन् २०१३ मा पहिलो पटक चिनियाँ राष्ट्रपति सी चीन फिङ पाकिस्तानको भ्रमणमा गएको समयमा प्रस्ताव गरिएको सीपीईसी परियोजनाका लागि २०१५ मा सहमति भएको थियो, २०१६ मा उद्घाटन भयो । आफ्नो देशमा भौतिक संरचनाको विकास हुने सोचमा धेरै पाकिस्तानी थिए ।

पाँच वर्ष अन्तरालमा यो परियोजनाले चीनलाई एकलौटी फाइदा पुग्ने तथा मध्य एसिया, दक्षिण एसिया र दक्षिण पूर्वी एसियामा प्रभाव जमाउने चिनियाँ रणनीतिमा पाकिस्तानी सरकार सहयोगी मात्र भएको आभास पाकिस्तानीहरूलाई हुन थालेको छ । साथै यसले आफ्नो जीवनमा कठिनाइ आएको महसुस पनि पाकिस्तानीमा हुन थालेको हो ।

यसैको विद्रोहको स्वरूप नै बालोचिस्तानमा देखिएको हो । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ३४ बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक