कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर) « Khabarhub

कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर)


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ ।

बुधबार काठमाडौं वडा नंवर २२ स्थित आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगायतका ठाउँमा पुगेर कर बक्यौता रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना समेत टाँस गरेको छ ।

यसअघि सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको काठमाडौं महानगर राजस्व विभागका सहायक निरीक्षक प्रतिक लायमाले जानकारी दिए ।

महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने जनाएको छ । घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुमा कान्तिपुर होटल, होटल प्लाटिनियम, ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर लगायतका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : ४९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले