यी हुन् एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु « Khabarhub

यी हुन् एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दलले वैधता पाउने प्रक्रियामा छ ।

बुधबार निर्वाचन आयोगमा प्रस्तावित एकीकृत समाजवादी दल दर्ताका लागि दिइएको निवेदनमा सनाखत गरिएको छ ।

आयोगमा बुधबार एमाले छाडेर एकीकृत समाजवादीका लागि संघीय संसदका २९ जना सांसदले नयाँ दलका लागि सनाखत गरेका छन् ।

राष्ट्रियसभाका ७ र प्रतिनिधिसभाका २३ जना सांसदले सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ । थप ३ जना सांसदले पनि सनाखत गर्ने तयारी गरेका थिए ।

तर, उनीहरुले गत भदै २ मा नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर नगरेकाले बुधबार सनाखत गर्न पाएनन् । त्यसैले एकीकृत समाजवादी पार्टीमा संसदमा कम्तिमा ३३ जना सांसद हुने छन् ।

सनाखत गर्ने सांसदहरु

प्रतिनिधिसभा

१ माधवकुमार नेपाल

२ मुकुन्द न्यौपाने

३ कल्याणीकुमारी खड्का

४ विरोध खतिवडा

५ जीवनराम श्रेष्ठ

६ रामकुमारी झाँक्री

७ निरादेवी जैरु

८ प्रेमबहादुर आले

९ मेटमणि चौधरी

१० सरला यादव

११ भवानी खापुङ

१२ पुष्पाकुमारी कर्ण कायस्थ

१३ समिना हुसेन

१४ कृष्णलाल महर्जन

१५ कृष्णकुमार श्रेष्ठ

१६ कलिला खातुन

१७ हिराभन्द्र केसी

१८ धनबहादुर बुढा

१९ गोपालबहादुर बम

२० पार्वतीकुमारी विशुंके

२१ लक्ष्मी चौधरी

२२ विना बुढाथोकी

२३ झलनाथ खनाल

राष्ट्रिय सभा

२४ बेदुराम भुसाल

२५ शेरबहादुर कुँवर

२६ ठगेन्द्रप्रकाश पुरी

२७ उदया शर्मा

२८ सिंगबहादुर विश्वकर्मा

२९ नन्दा चपाइँ

३० शान्तिकुमारी अधिकारी जिसी

सनाखत गर्न नपाएकाहरु

१ सोमप्रसाद पाण्डे

२ माया ज्ञवाली

३ शारदादेवी भट्ट

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : १४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको