यी हुन् एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु « Khabarhub

यी हुन् एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु


९ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दलले वैधता पाउने प्रक्रियामा छ ।

बुधबार निर्वाचन आयोगमा प्रस्तावित एकीकृत समाजवादी दल दर्ताका लागि दिइएको निवेदनमा सनाखत गरिएको छ ।

आयोगमा बुधबार एमाले छाडेर एकीकृत समाजवादीका लागि संघीय संसदका २९ जना सांसदले नयाँ दलका लागि सनाखत गरेका छन् ।

राष्ट्रियसभाका ७ र प्रतिनिधिसभाका २३ जना सांसदले सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ । थप ३ जना सांसदले पनि सनाखत गर्ने तयारी गरेका थिए ।

तर, उनीहरुले गत भदै २ मा नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर नगरेकाले बुधबार सनाखत गर्न पाएनन् । त्यसैले एकीकृत समाजवादी पार्टीमा संसदमा कम्तिमा ३३ जना सांसद हुने छन् ।

सनाखत गर्ने सांसदहरु

प्रतिनिधिसभा

१ माधवकुमार नेपाल

२ मुकुन्द न्यौपाने

३ कल्याणीकुमारी खड्का

४ विरोध खतिवडा

५ जीवनराम श्रेष्ठ

६ रामकुमारी झाँक्री

७ निरादेवी जैरु

८ प्रेमबहादुर आले

९ मेटमणि चौधरी

१० सरला यादव

११ भवानी खापुङ

१२ पुष्पाकुमारी कर्ण कायस्थ

१३ समिना हुसेन

१४ कृष्णलाल महर्जन

१५ कृष्णकुमार श्रेष्ठ

१६ कलिला खातुन

१७ हिराभन्द्र केसी

१८ धनबहादुर बुढा

१९ गोपालबहादुर बम

२० पार्वतीकुमारी विशुंके

२१ लक्ष्मी चौधरी

२२ विना बुढाथोकी

२३ झलनाथ खनाल

राष्ट्रिय सभा

२४ बेदुराम भुसाल

२५ शेरबहादुर कुँवर

२६ ठगेन्द्रप्रकाश पुरी

२७ उदया शर्मा

२८ सिंगबहादुर विश्वकर्मा

२९ नन्दा चपाइँ

३० शान्तिकुमारी अधिकारी जिसी

सनाखत गर्न नपाएकाहरु

१ सोमप्रसाद पाण्डे

२ माया ज्ञवाली

३ शारदादेवी भट्ट

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ६ : १४ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा