बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन् « Khabarhub

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको छन् ।

वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्‍याएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध रहेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत रसुवा र नुवाकोट जिल्लामा विभिन्न स्थानमा अवरुद्ध रहेको छ ।

रसुवा जिल्लामा त्रिशूली खोला, सानो भार्खु खोला गाँजाबारीलगायतका स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छ । सोही सडकअन्तर्गत नुवाकोट जिल्लामा मैथली खोलामा एक महिनादेखि पूर्णरूपमा सडक अवरुद्ध छ ।
जुम्लामा बड्कीमा र त्रिभुवन राजपथ मकवानपुर जिल्लाको नौखन्डेमा पूर्णरूपमा अवरुद्ध छ । कोदारी राजमार्ग सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा पूर्णरूपमा अवरुद्ध छ ।

सडक विभागअन्तर्गका डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले आफूसँग भएका उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरेका छन् । कतिपय स्थानमा तत्काल दुवैतर्फबाट खुलाउन नसकिने भएमा एकातर्फबाट खुलाएर सवारी साधन चल्न सक्ने बनाएको विभागले जनाएको छ ।

सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पृथ्वी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका थिए । विभागले ती राजमार्गमा एउटा लेनमा खुलाएको भए पनि पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । जेठ र असारदेखि अवरुद्ध कतिपय सडक अझै खुलिसकेका छैनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १० : ३० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी