भिभोको वाई ५३ एस् स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ? « Khabarhub

भिभोको वाई ५३ एस् स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ?


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भिभोले आफ्नो अत्याधुनिक स्मार्टफोन वाई ५३ एस् नेपाली बजारमा ल्याएको छ।

यो युथओरिएन्टेड वाई सिरिज्अन्तर्गत उत्पादनमा ल्याइएको हो जसमा ६४ एम्.पी. रियर क्यामेरा समेत छ । यो स्मार्टफोनमा आई अटोफोकस् विशेषता र सफा फोटो खिच्ने क्षमता छ ।

कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । ट्रिपल रियर क्यामेरा र वाटर ड्रप डिस्पल नचसहित आउने फोन एन्ड्रोइडमा ११ मा आधारित फनटक ओएस ११.१ मा चल्दछ ।

यसमा ६० हर्ज रिफ्रेस रेट सहितको ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकोर मिडियाटेक हेलियो जी८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्‍याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री लगायतका मुख्य फिचर छन् । कम्पनीले यो फोनमा थप ३ जीबी भर्चुअल र्‍याम थप्ने सुविधा दिएको छ ।

गत वर्ष भिभोले ‘भी २०’ सिरिजमा आई-अटो-फोकस प्रविधि प्रयोग गरेको थियो भने ‘भिभो वाई ५३एस’ पनि सामाजिक सञ्जालका फोटोका लागि उपयुक्त आई-अटो-फोकसका साथ आएको छ ।

आइ अटोफोकस प्रविधिसहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय फोटो र भिडियाे तयार पार्ने कम्पनीले जनाएको छ । फेस डिटेक्सन अटोफोकस प्रविधिले सव्जेक्टमा निरन्तर फोकस गरी पोट्रेट र एक्सन सट लिने शक्ति राख्दछ ।

यसमा भएको सुपर नाइट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ । साथै मधुरो प्रकाश भएको ठाँउमा औरा स्क्रिन लाइटको मद्दतले उज्यालो बढाउँदै लगेर आवश्यकता अनुसार प्रकाश सन्तुलनमा राखी फोटो लिन पनि सकिन्छ ।

वाई ५३एसमा इलेक्ट्रोनिक इमेज स्टाविलाइजेसनको प्रयोग गरि अल्ट्रा-स्टेवल भिडिओ फिचर समावेश गरिएको छ, जसले भिडिओ खिच्दा अल्ट्रा-स्टेवल आउटपुट प्रदान गर्दछ । यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।

स्ट्राटेजिक आर ३ क्यामेरा लेआउट सहितको वाई ५३एस स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध छ । ३ डी वडी भएको वाई ५३एस सोफेष्टिकेटेड र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ ।

भिभोको वाई सिरिज ‘स्विफ्ट पर्फर्मेन्स’ का लागि प्रचलित छ । उत्कृष्ट ब्याट्री लाइफ र छिटो चार्जिङ सिस्टम साथै ¥याम र स्टोरेज यसको बलियो पक्ष हो । जसका कारण धेरै प्रयोगकर्ताले वाई सिरिज रुचाएका छन् ।

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो फोनले रेड्मी नोट १० प्रो म्याक्स र सामसङ ग्यालेक्सी एम५१ सँग तीव्र प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएको छ । नेपाली बजारमा यसको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

भिभो वाई ५३एसको बजार शुभारम्भको अवसरमा आफ्नो धारण राख्दै नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरवको अनुभव भएको सुनाए ।

‘यसले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिदै युवा पुस्ताको अभिरुचि अनुसार आई अटोफोकस र सुपर नाइट क्यामेरा वाई ५३एसमा समावेश गरेको छ । हाम्रो उद्देश्य आफ्ना ग्राहकहरुमा सामाजिक मनोरञ्जन र फोटोग्राफीको उत्कृष्ट अनुभव होस् भन्ने हो ।’ उनले भने ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : २२ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा