ग्लोबल आइएमईको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा « Khabarhub

ग्लोबल आइएमईको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७वर्षसम्मको अवधिका लागि८.१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) माअन्य सवारी साधन कर्जाका साथै ८.४९प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३७ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा