तपाईं पनि थाहा पाउनुहोस् विवाह र वास्तुको सम्बन्ध « Khabarhub

तपाईं पनि थाहा पाउनुहोस् विवाह र वास्तुको सम्बन्ध


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा हरेक चीजको सही दिशा, स्थान र त्यसबाट हुने प्रभाव बारेमा बताइएको छ ।

साथै जिन्दगीमा आउने समस्या र वास्तुको उपायमार्फत समाधान समेत सुझाइएको छ ।

जिन्दगीमा आउने ठुला समस्यामा कतिपयको विवाह पनि पर्दछ । कैयौंको विवाहमा आएको अड्चन र अबरोधले समयमा विवाह हुन पाउँदैन । यस्तो स्थितिमा घरमा रहेको वास्तुदोष कारक हुनसक्छ । जसको समाधान मार्फत सहि समयमा विवाह गराउन सकिन्छ ।

– विवाहयोग्य केटा केटीले विवाहमा अवरोध वा अड्चन आइरहेमा आफ्नो बेडरूममा हरीयो बोटविरुवा वा ताजा फूलको गुच्छा राख्नु हुदैँन । वास्तु अनुसार यसमा हुने डाठ तत्वले विवाहको अड्चन निम्त्याउने गर्दछ ।

– जुन युवतीको विवाह हुनेवाला छ तर समयमा भइरहेको छैन भने उनले आफ्नो कोठामा फूलको पेंटिग राख्नुपर्ने वास्तुको मान्यता छ । फूलको पेटिंग सौन्दर्य, प्रेम र रोमान्सको प्रतीक मानिनुका साथै विवाहमा आएको अड्चन हटाउन उपयोगी मानिन्छ ।

– घरको ड्रइंगरूममा फूलको पेंटिंग राखेमा विवाहयोग्य केटीकालागि राम्रो सम्बन्धको प्रस्ताव आउने वास्तुको मान्यता छ ।

– घरको पश्चिम र वायव्य कोण सफा राखेमा यि दिशामा पोजेटिभ एनर्जीको प्रवाह बढ्ने वास्तुमा उल्लेख छ । यसले विवाहको राम्रो प्रस्ताव आउने विश्वास गरीन्छ ।

– विवाहयोग्य केटाले यस्तो कोठामा सुत्नु पर्दछ जसमा एक भन्दा बढि ढोका होस् । हावा र प्रकाश कम आउने कोठामा सुत्ने युवकको विवाहमा अड्चन आउने वास्तुको मान्यता छ ।

– विवाहका इच्छुकको विवाह भइरहेको छैन भने कालो रंगको कपडा लगाउनु हुदैँन । यो रंग राहु, केतु र शनिको प्रतिनिधित्व गर्दछ । जसले काममा अड्चन पैदा गर्दछ ।

– विवाहयोग्य केटा केटीको कोठामा ठुलो भाडाेँ, बेड मुनि फलामको भाँडो भए विवाहमा अड्चन आउने वास्तुको मान्यता छ ।

– समयमा विवाह नभएका केटीले विवाहको राम्रो प्रस्ताव पाउन श्रद्धापूर्वक भगवान शिवको पूजा अर्चना गर्ने र सम्भव भए १६ सोमवारको व्रत राखे राम्रो लाभ मिल्ने वास्तुको मान्यता छ । कुमारी केटीले पूर्णिमाका दिन चन्द्रमाको पूजा गरे राम्रो श्रीमान पाउने मान्यता छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ४८ बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन