तपाईं पनि थाहा पाउनुहोस् विवाह र वास्तुको सम्बन्ध « Khabarhub

तपाईं पनि थाहा पाउनुहोस् विवाह र वास्तुको सम्बन्ध


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा हरेक चीजको सही दिशा, स्थान र त्यसबाट हुने प्रभाव बारेमा बताइएको छ ।

साथै जिन्दगीमा आउने समस्या र वास्तुको उपायमार्फत समाधान समेत सुझाइएको छ ।

जिन्दगीमा आउने ठुला समस्यामा कतिपयको विवाह पनि पर्दछ । कैयौंको विवाहमा आएको अड्चन र अबरोधले समयमा विवाह हुन पाउँदैन । यस्तो स्थितिमा घरमा रहेको वास्तुदोष कारक हुनसक्छ । जसको समाधान मार्फत सहि समयमा विवाह गराउन सकिन्छ ।

– विवाहयोग्य केटा केटीले विवाहमा अवरोध वा अड्चन आइरहेमा आफ्नो बेडरूममा हरीयो बोटविरुवा वा ताजा फूलको गुच्छा राख्नु हुदैँन । वास्तु अनुसार यसमा हुने डाठ तत्वले विवाहको अड्चन निम्त्याउने गर्दछ ।

– जुन युवतीको विवाह हुनेवाला छ तर समयमा भइरहेको छैन भने उनले आफ्नो कोठामा फूलको पेंटिग राख्नुपर्ने वास्तुको मान्यता छ । फूलको पेटिंग सौन्दर्य, प्रेम र रोमान्सको प्रतीक मानिनुका साथै विवाहमा आएको अड्चन हटाउन उपयोगी मानिन्छ ।

– घरको ड्रइंगरूममा फूलको पेंटिंग राखेमा विवाहयोग्य केटीकालागि राम्रो सम्बन्धको प्रस्ताव आउने वास्तुको मान्यता छ ।

– घरको पश्चिम र वायव्य कोण सफा राखेमा यि दिशामा पोजेटिभ एनर्जीको प्रवाह बढ्ने वास्तुमा उल्लेख छ । यसले विवाहको राम्रो प्रस्ताव आउने विश्वास गरीन्छ ।

– विवाहयोग्य केटाले यस्तो कोठामा सुत्नु पर्दछ जसमा एक भन्दा बढि ढोका होस् । हावा र प्रकाश कम आउने कोठामा सुत्ने युवकको विवाहमा अड्चन आउने वास्तुको मान्यता छ ।

– विवाहका इच्छुकको विवाह भइरहेको छैन भने कालो रंगको कपडा लगाउनु हुदैँन । यो रंग राहु, केतु र शनिको प्रतिनिधित्व गर्दछ । जसले काममा अड्चन पैदा गर्दछ ।

– विवाहयोग्य केटा केटीको कोठामा ठुलो भाडाेँ, बेड मुनि फलामको भाँडो भए विवाहमा अड्चन आउने वास्तुको मान्यता छ ।

– समयमा विवाह नभएका केटीले विवाहको राम्रो प्रस्ताव पाउन श्रद्धापूर्वक भगवान शिवको पूजा अर्चना गर्ने र सम्भव भए १६ सोमवारको व्रत राखे राम्रो लाभ मिल्ने वास्तुको मान्यता छ । कुमारी केटीले पूर्णिमाका दिन चन्द्रमाको पूजा गरे राम्रो श्रीमान पाउने मान्यता छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ४८ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात