चेन्नइ आईपीएलको शीर्ष स्थानमा « Khabarhub

चेन्नइ आईपीएलको शीर्ष स्थानमा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेन्नइ सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नइले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नइले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नइको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोडे । यस्तै अम्बाती रायाडुले ३२ रन, फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए । सुरेश रैना १७ र कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । पनि टिमको हार टार्न सकेनन् । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। एबी डी भिलियर्सले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले ११ रन बनाए ।

जितसँगै चेन्नइको ९ खेलमा १४ अंक भएको छ । बैंगलोर ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ०७ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ