एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने « Khabarhub

एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज  विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ ।

अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो ।

सोमबार बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधनसम्बन्धी प्रतिवेदन शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको थियो ।

प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको थियो ।

एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदैछ ।

असन्तुष्टको अन्तरसंघर्ष

एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी एकतावद्ध बनाउन गरिएको १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ को कमिटी र जिम्मेवारी कार्यान्वयन नभएको भन्दै तेस्रो धारका केही नेताले असन्तुष्टि जनाएका छन् ।

१० बुँदे कार्यान्वयनको विषय पनि जारी बैठकको एजेण्डा बन्नु पर्ने उपाध्यक्ष भीम रावलको प्रस्ताव र सबै कमिटीलाई पूर्ववत पुर्‍याउनु पर्ने झपट रावल, भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगायतको मागमा संस्थापन पक्षले सकारात्मक जवाफ दिएको छ ।

तर, जारी बैठकमा ती विषय एजेण्डा बन्न नसन्के अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि असन्तुष्ट समूहले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भएको छ ।

केन्द्रीय सदस्य भानुभक्त जोशीका अनुसार सहमति कार्यान्वयन गरे महाधिवेशन प्रतिनिधि चुन्न सहज हुने भएकाले शुक्रबारको बैठकमा अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराइएको हो ।

सुदूरपश्चिममा को इन्चार्ज र कसले गरेको निर्णय आधिकारिक हुने भन्ने विषय अन्योलमा रहँदा प्रतिनिधि चयनमा आउन सक्ने समस्यालाई सुझाउन ध्यानाकर्षण गरिएको उनले बताए । तर बैठक नै वहिष्कार गर्ने जस्ता विषय आफूहरुले नगरेको उनले बताए ।

‘हामीले बैठक बहिष्कार गर्ने भनेका छैनौँ, तर १० बुँदे कार्यान्वयन नहुँदा सुदूपश्चिममा अन्योलता छाएकाले त्यो समस्या समयमै सुल्झाउन अध्यक्षलाई  ध्यानाकर्षण गराएका हौँ’, तत्कालै यो विषय सल्टिने नदेखिएकाले अन्तरसंघर्ष जारी राख्दै अघि बढ्छौँ ।’

नेकपा एमालेभित्र सूदुरपश्चिमा लेखराज भट्ट कि भीम रावल इन्चार्ज भन्नेमा एमालेमा विवाद छ । २०७५ जेठ २ मा फर्कदा भीम रावल इन्चार्ज हुनेछन् । तर भट्टले त्यो मान्य नहुने बताउँदै आएका छन् ।

ओली निकट नेता देवेन्द्र दाहालले माओवादी छाडेर मूल धारमा समाहित हुन आएका नेताहरु राम बहादुर थापा, पोष्टबहादुर बोगटी, लेखराज भट्टलगायतलाई जिम्मेवारीविहिन बनाएर अन्याय गर्न नसिकने बताए ।

‘हामी एमाले पनि पूर्वत अवस्थाकै बनाउन चाहान्छौँ, माओवादीबाट आएका साथीहरुलाई पनि अन्याय नहोस् भन्ने चाहान्छौँ, केही प्रदेशमा देखिएको विवाद छिट्टै हल हुन्छु’, दाहालले भने ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ११ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा