अमेरिकासँग सम्झौता गर्दै क्यानडाबाट रिहा भइन् मेङ « Khabarhub

अमेरिकासँग सम्झौता गर्दै क्यानडाबाट रिहा भइन् मेङ


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ प्रक्राउमुक्त भएसँगै स्वदेश प्रस्थान गरेकी छन् ।

अमेरिकाले लगाएको छलीको आरोपमा उनलाई सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो । अमेरिकासँग सम्झौता गरेर मेङ क्यानडाको डिटेन्सनबाट रिहा भएकी हुन् ।

उनी एअर चाइनाको उडानमार्फत चीनको शेन्झेङ सहर प्रस्थान गरेको समाचार संस्था एएफपीले जनाएको छ । त्यसक्रममा मेङले भनिन्, ‘मेरो जीवनमा उतारचढाव आयो । यो समय मेरा लागि अति नै खराब थियो ।’

मेङलाई पक्राउ गरेपछि चीनले बदलास्वरुप क्यानडियन नागरिकलाई बन्धक बनाएको थियो । मेङ छुटेसँगै चीनले पनि बन्धक बनाएका दुई नागरिकलाई स्वतन्त्र गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चिनियाँ डिटेन्सनबाट स्वतन्त्र भएका माइकल स्पेरभ र माइकल कोवरिग स्वदेश फर्किने क्रममा रहेको जानकारी दिएका हुन् ।

मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ५५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र