चक्कु प्रहारबाट युवकको मृत्यु « Khabarhub

चक्कु प्रहारबाट युवकको मृत्यु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ५ बजेतिर दुई छिमेकीबीच भएको सामान्य विवादले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका २३ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीइ ६० वर्षीय देवीप्रसाद अधिकारीले चक्कु प्रहार गरेर गम्भीर घाइते भएका थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए ।

बारीमा घाँस काटेको विषयमा अधिकारी र थापाबीच विवाद भएको सोही क्रममा अधिकारीले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसिफ केसीले बताए ।

सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार चक्कु प्रहार गर्ने अधिकारी पनि घाइते भएकाले उनको पनि धरानमै उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ३१ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्