देशभक्त खुदीराम बोसको फाँसी : एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

देशभक्त खुदीराम बोसको फाँसी : एक प्रेरक प्रसङ्ग


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यायाधीश कार्नडेफले जब कठघरामा उभिएर एक युवकलाई फाँसीको सजाय सुनाए । जब उनले ती युवकतिर हेरे तब उनी अचम्ममा परे । ती युवक त हाँसिरहेका थिए । न्यायाधीशले सोचे कि सायद यसले आफ्नो फाँसीको सजाय सुनेको छैन । यो सुनेर उनले ती युवकलाई फेरि दोहोर्‍याएर सुनाए, तिमीले सुन्यौ, पुलिस इन्स्पेक्टर सेन्डर्समाथि बम प्रहार गरेको अभियोगमा तिमीलाई फाँसीको सजाय दिइन्छ ।

युवक मुस्कुराए र बोले, बस, जाज साब, फाँसी हैन ? हामी भारतीय मृत्युदेखि डराउँदैनौँ । यो मेरो लागि खुशीको कुरा हो, म फाँसीको पासोमा झुण्डिएर भारत माताको सेवा गर्ने अवसर पाउनेछु । यसको लागि तपाईंलाई धेरैधेरै धन्यवाद !

यस्तो कुरा सुनेर न्यायाधीशलाई बडो आश्चर्य लाग्यो । उनले फेरि भने, तिमीलाई उच्च न्यायालयमा अपील गर्नको लागि एक हप्ताको समय दिइन्छ ।

तब युवकले भने, पर्दैन यसको कुनै आवश्यकता छैन । यदि मलाई जीवनको भीख माग्नु पर्थ्यो भने म बम नै फ्याँक्ने थिइनँ । यदि मप्रति तपाईंको मनमा अलिकति पनि दया छ भने मलाई ५ मिनेटको समय दिनुस् ताकि म अदालतमा बसेका आफ्ना साथीलाई बम कसरी बनाइन्छ भनेर बताउन सकूँ ।

यो सुनेर न्यायाधीश रिसाए र कुर्सी छोडेर हिँडे । सन् १९०८ को अगस्ट महिनाको ११ तारिखमा यी युवक हाँसी हाँसी फाँसीको पासोमा झुण्डिए ।

ती युवक अरु कोही नभएर प्रसद्ध क्रान्तिकारी र महान् देशभक्त खुदीराम बोस थिए ।

साभार : प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ४० बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी