ईपीएल : टस जितेको काठमाडौँ ललितपुरविरुद्ध फिल्डिङमा « Khabarhub

ईपीएल : टस जितेको काठमाडौँ ललितपुरविरुद्ध फिल्डिङमा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा अहिले काठमाडौँ किंग्स इलेवन र ललितपुर प्याट्रियट्सबीच प्रतिश्पर्धा भइरहेको छ ।

त्रिवि मैदानमा जारी खेलमा ललितपुरविरुद्ध टस जितेर काठमाडौँका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका छन् ।

ललितपुरको कप्तानको रुपमा युवा खेलाडी कुशल भुर्तेल रहेका छन् । आजको खेलमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन् । उनी शुरुका २ खेल खेल्नका लागि काठमाडौँ आएका हुन् ।

आजको खेलमा काठमाडौँको टोलीमा सन्दीप लामिछाने, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल , शाहिद अफ्रिदी र रहमानउल्लाह गरबाज छन् ।

त्यस्तै ललितपुरमा कुशल भुर्तेल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ३० बजे

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का