अभिनेत्री बन्न निर्देशककै अगाडि साडी लगाउथे युवती « Khabarhub

अभिनेत्री बन्न निर्देशककै अगाडि साडी लगाउथे युवती


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– समय पूर्ण रुपमा परिवर्तन भइसकेको छ । समयसँगै फिल्मजगतमा पनि उस्तै परिवर्तन भइसकेको छ । फिल्मलाई मनपराउने दर्शकहरु फिल्मसँग जोडिएका हरेक साना कुरा जान्न चाहन्छन् । अडिसनदेखि फिल्ममा काम पाउने समयसम्मको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेसम्मको बारेमा जान्न फ्यानहरु उत्सुक हुन्छन् ।

सन् १९५१ को दशकमा अभिनेत्रीहरुलाई फिल्ममा आफ्नो स्थान बनाउन कतिको सकसपूर्ण थियो र उनीहरुले कसरी अडिसन दिन्थे भन्ने कुरा यहाँ खुलाइएको छ ।

आजको समयमा अडिसन लिनका लागि एक कास्टिङ टिम नै हुन्छ र उनीहरुले कैयौं चरणको अडिसन लिन्छन् । तर सन् १९५१ को दशकमा निर्देशक आफैंले अभिनेत्रीको अडिसन लिन्थे । सन् १९५१ को अडिसनको एक तस्वीर जेम्स बुर्केले लिएका थिए, जुन तस्वीर एक लोकप्रिय पत्रिकामा प्रकाशन भएको थियो । तस्वीरमा फिल्म जगतका लोकप्रिय निर्देशक अब्दुल राशिद करदार युवतीहरुको स्क्रिन टेस्ट लिइरहेको देखिन्छ ।

यो दशकमा युवतीहरु घरबाट अडिसनका लागि कुनै तयारी नगरी निर्देशकको अफिसमा पुग्थे । जहाँ उनीहरुले निर्देशककै अगाडि साडी लगाउँथे । जहाँ निर्देशकहरुले युवतीको अभिनयसँगै शरीरको लुक्सलाई पनि निरिक्षण गर्थे ।

आफ्नो फिल्मको अभिनेत्री छनोटका लागि निर्देशक निकै सुक्ष्म रुपले अभिनयसँगै अभिनेत्रीको हरेक बस्तुको विशेष ख्याल राख्थे । निर्देशकले अभिनेत्रीको कपालदेखि हरेक विषयबारे ध्यान दिन्थे ।

त्यो समयमा कोही अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गर्नुअघि उसलाई हरेक भूमिकामा हिम्मत बढाउन र हरेक चुनौतीलाई आत्मविश्वासका साथ सामना गर्न निर्देशकले अडिसन लिने गर्दथे । युवतीहरु साडीसँगै पश्चिमा ग्ल्यामर लुक्सका पहिरनमा पनि अडिसन दिन्थे ।

त्यो समयमा कुनै पनि फिल्ममा अभिनय गर्न पाउनु सजिलो कुरा थिएन । अभिनेत्रीहरुले अडिसनसँगै निर्देशकका कैयौं प्रश्नको जवाफ पनि दिनुपथ्र्यो । अडिसनमा पुगेका युवतीहरु निर्देशकको मापदण्डमा उभिनु पथ्र्यो । जसका लागि उनीहरुले निर्देशकले जे भन्थे, त्यही हिसाबले अडिसन दिनुपथ्र्यो ।

स्वदेशी र पश्चिमा दुवै लुक्समा युवतीहरुले अडिसन दिनुपथ्र्यो । सन् १९५१ मा फिल्ममा भूमिका पाउनु सजिलो काम थिएन । यसका लागि युवतीले कैयौं अवरोध पार गर्नुपथ्र्यो । त्यो समयमा निर्देशकहरु युवतीका हरेक कुरा नोटिस गर्थे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ५० बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध