लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार « Khabarhub

लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तुलसी मिडियाले आयोजना गर्न लागेको ‘नेपाल बेस्ट म्युजिक अवार्ड २०२१’मा चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्डमा उनीहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको बताए ।

सुवेदीले विभिन्न साप्ताहिक, मासिक, पाक्षिक पत्रिका हुँदै टेलिभिजन तथा नयाँ पत्रिका दैनिकमा लामो समय पत्रकारिता गरेका थिए भने गिरी पछिल्लो केही वर्षयता रातोपाटी डटकममा कार्यरत छन् ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भइसकेको छ । अवार्ड ३६ विधामा प्रदान गरिनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : ४३ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र