मोर्चाले राजतन्त्र फर्काउन आन्दोलन गर्ने « Khabarhub

मोर्चाले राजतन्त्र फर्काउन आन्दोलन गर्ने


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै संवैधानिक राजसंस्था कायम गर्न भन्दै असोज ११ गते काठमाडौंमा बृहत्त विरोध सभाको आयोजना गर्ने जनाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त विरोधसभामा सहभागी हुन आह्वान गरेको छ । २०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन् गरिरहेको मोर्चाको दाबी छ ।

संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्‍याइसकेको पनि मोर्चाको आरोप छ । संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ । त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ ।

जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको बताए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताका लागि घाँडो भएको उनले टिप्पणी गरे ।

गणतन्त्रले समेत नेपाली जनतालाई सुख प्रदान गर्न नसकेको उनको भनाइ छ । अहिलेको सरकार बनेको ७२ दिन बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्न नसकेको भन्दै उनले राजा र दल दुवैले मिलेर देश चलाउनुपर्ने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : ०४ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ