स्यानिटरी प्याडमा कर लगाइएको भन्दै विरोध « Khabarhub

स्यानिटरी प्याडमा कर लगाइएको भन्दै विरोध


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

स्यानिटरी प्याड निःशुल्क गर सरकार भन्दै आम युवा अभियानले बिरोध प्रदर्शन गरेको हो । जनतालाई निःशुल्क रुपमा बितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनका क्रममा उनीहरुले निःशुल्क रुपमा स्यानिटरी प्याड बितरण समेत गरेका थिए ।

यता सरकारले भने स्यानिटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको बताइसकेको छ । वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले आ.व. २०६९७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नवढाइएको जनाएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : २० बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार