स्पन्ज आइरनमा भन्सार शुल्क हटाएपछि व्यवसायीको विरोध « Khabarhub

स्पन्ज आइरनमा भन्सार शुल्क हटाएपछि व्यवसायीको विरोध


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बजेटमार्फत छड उत्पादन गर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार हटाएर आयातीत स्टिल बिलेटमा अन्तः शुल्क बढाएको भन्दै रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले विरोध जनाएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले बिलेट आयात गरेर डन्डी उत्पादन गर्दा स्वतः महँगो पर्न जाने बताउँदै बहुसंख्यक डन्डी उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने बताए । मुलुकमा साना–ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरू रहेका र तीमध्ये ६ वटा उद्योगले मात्र बिलेट उत्पादन गर्दै आइरहेको साखःले जानकारी दिए ।

उद्योगहरूले बिलेटबाट डन्डी उत्पादन गर्दा प्रतिकिलो पाँचदेखि ६ रुपैयाँसम्म महँगो पर्ने हुनाले ग्राहकलाई प्रत्यक्ष मर्का पर्ने र उद्योग समेत धरासयी हुने उनले बताए ।

उनले बैंकिङ एशोसिएसनका अध्यक्षलाई फोन गरेर अहिले सरकारले ल्याएको नीति निरन्तर रह्यो भने आफूहरु ब्याज तिर्न सक्ने अवस्था नहुने कुरा जानकारी गराएको बताए । उनले कुनै पनि कोणबाट यो सुविधा दिएर मुठ्ठीभरका केही व्यवसायीहरुलाई प्रोत्साहन दिने र बाँकीलाई मर्न बाध्य पार्ने र करिब डेढ सय अर्बको लगानीलाई माटोमा मिलाउने काम गर्न दिन नहुने धारणा राखे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : ५० बजे

कांग्रेस महामन्त्री पौडेललाई नीर शाहको ‘अल द बेष्ट’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३०

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार