ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार  « Khabarhub

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार, हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो। 

दुर्घटनामा मोटरसाइकल चालक, राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको छ।

प्रहरीले ठक्कर दिने ट्रक र चालकको खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : ५२ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा