अवैध लागूऔषध सहित पक्राउ « Khabarhub

अवैध लागूऔषध सहित पक्राउ


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागूऔषधसहित देशका विभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोही महानगरपालिका–१७ सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन् । विशेष सूचनाको अधारमा लागूऔषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले ना ३५ प ४०४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सडकबाट ८३ केजी अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका टाङगिया बस्ती टोल बस्ने ४१ वर्षीय रुक बहादुर रुम्बालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त गाँजा फेला परेको हो ।

साथै उक्त बोरा फाली भाग्ने व्यक्तिमध्ये रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । साथै बा३७ प ९६८१ नम्बरको मोटरसाइकल र १ थान साईकल समेत प्रहरीले बरामद गरेको छ । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ०५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग