अवैध लागूऔषध सहित पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषध सहित पक्राउ


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागूऔषधसहित देशका विभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोही महानगरपालिका–१७ सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन् । विशेष सूचनाको अधारमा लागूऔषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले ना ३५ प ४०४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सडकबाट ८३ केजी अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका टाङगिया बस्ती टोल बस्ने ४१ वर्षीय रुक बहादुर रुम्बालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त गाँजा फेला परेको हो ।

साथै उक्त बोरा फाली भाग्ने व्यक्तिमध्ये रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । साथै बा३७ प ९६८१ नम्बरको मोटरसाइकल र १ थान साईकल समेत प्रहरीले बरामद गरेको छ । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ०५ बजे

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल