सत्ता गठबन्धनलाई थप बलियो बन्छ : अर्थमन्त्री शर्मा « Khabarhub

सत्ता गठबन्धनलाई थप बलियो बन्छ : अर्थमन्त्री शर्मा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चौंरी देउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने जिकिर गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने खेल भएको र त्यसको बिरुद्ध गठबन्धन बनेको भन्दै गठबन्धनलाई बलियो बनाउँदै अघि बढ्ने उल्लेख गरे । उनले केही प्राविधिक कारण सरकारले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

मन्त्री शर्माले नेपाल बहुआयामिक गरिवीमा पर्नुको कारण पत्ता लगाई समाधान खोज्ने योजना तीन महिनाभित्र सार्वजनिक गर्ने बताए । व्यापार घाटाको अवको अवधी प्रक्षेपण गर्न अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गरिने उनले उल्लेख गरे । उनले संविधानमा उल्लेख समाजवाद उत्मुख अर्थतन्त्रको ठोस कार्यक्रम राष्ट्रिय सहमति गरेर निर्माण गर्ने टिप्पणी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ४५ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार