सत्ता गठबन्धनलाई थप बलियो बन्छ : अर्थमन्त्री शर्मा « Khabarhub

सत्ता गठबन्धनलाई थप बलियो बन्छ : अर्थमन्त्री शर्मा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चौंरी देउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने जिकिर गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने खेल भएको र त्यसको बिरुद्ध गठबन्धन बनेको भन्दै गठबन्धनलाई बलियो बनाउँदै अघि बढ्ने उल्लेख गरे । उनले केही प्राविधिक कारण सरकारले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

मन्त्री शर्माले नेपाल बहुआयामिक गरिवीमा पर्नुको कारण पत्ता लगाई समाधान खोज्ने योजना तीन महिनाभित्र सार्वजनिक गर्ने बताए । व्यापार घाटाको अवको अवधी प्रक्षेपण गर्न अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गरिने उनले उल्लेख गरे । उनले संविधानमा उल्लेख समाजवाद उत्मुख अर्थतन्त्रको ठोस कार्यक्रम राष्ट्रिय सहमति गरेर निर्माण गर्ने टिप्पणी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको