मोदीद्वारा बाइडेनलाई भारत भ्रमणको निम्तो « Khabarhub

मोदीद्वारा बाइडेनलाई भारत भ्रमणको निम्तो


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन् ।

गत जनवरी २० मा बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि उनीहरुका बीचमा पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।उनीहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ । “प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिँदै धन्यवाद दिनुभएको छ,” वक्तव्यमा लेखिएको छ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उनीहरुले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्वन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गर्ने जानकारी दिए । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ ।

उनीहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको श्रीङ्गलाले बताए । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि छलफल भएको बताइएको छ ।

बुधवार अमेरिका पुगेका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई शनिबार सम्वोधन गर्ने भ्रमण तालिका पनि रहेको छ ।

तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने अधिकारीले जनाएका छन् । एएनआई

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ३० बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई