एएफसी यू–२३ एसियन कप छनोट आजदेखि « Khabarhub

एएफसी यू–२३ एसियन कप छनोट आजदेखि


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । ताजिकिस्तानमा आज (सोमबार)देखि सुरु हुने छनोट खेलमा निकै बलियो मानिएको टोली इरानविरुद्ध खेल्दै नेपालले छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीले उच्च प्रदर्शन गर्ने भन्दै राम्रो नतिजाको आशा राखेका प्री म्याच कन्फरेन्समा बताए ।

उनले विपक्षी टोली बलियोे भए पनि आफ्नो टोलीले नतिजाका लागि सक्दो प्रयास गर्ने बताए । तेइस खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरेको छ । नेपालले हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको छैन ।

नेपाली यू–२३ टोलीको गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बू र शिव गुरुङ छन् । त्यसैगरी मिड फिल्डरमा नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट तथा रोशन पहारी छन् भने फरवार्डमा मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र ऋतिककुमार खड्का छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ४३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।