निश्चित व्यक्तिले स्वार्थ पूरा गर्न जातीय हिंसा मच्चाए : शेख हसिना « Khabarhub

निश्चित व्यक्तिले स्वार्थ पूरा गर्न जातीय हिंसा मच्चाए : शेख हसिना


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप लगाएकी छिन् । बंगलादेशमा दुर्गा पूजा मनाउने क्रममा फेसबुकमा एउटा फेक पोस्टका कारण साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । एउटा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गर्नुका साथै हिन्दू मन्दिरमा तोडफोड गरेको थियो ।

‘बंगलादेशलाई सुनियोजित तरिकाले कसैले पनि पछाडि धकेल्न सक्दैन । पछिल्लो समयमा बंगलादेशमा भएका घटनाहरु सुनियोजित हुन् । देशमा अस्थिरता निम्त्याउन चाहने तत्वले यस्ता षडयन्त्र गरेका हुन् । ’ प्रधानमन्त्रीले भनिन् ।

बंगलादेशलाई जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको उनको भनाई थियो । ‘आफ्नो इच्छा पूरा गर्न निश्चित व्यक्ति र समूहले जातीय द्वन्द्व बढाउन लागि परेका छन्,’ उनले भनिन् ।

जातीय हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ । यसअघि कोक्स बजारबाट इक्वाल होसेन पक्राउ परेका थिए। होसेन बंगलादेशको पछिल्लो जातीय हिंसाका प्रमुख षडयन्त्रकारी भएको जनाइन्छ ।

हिंसाबीच, बंगलादेशका अल्पसंख्यक हिन्दूहरुले नौ दिनसम्म दुर्गा पूजा गरेर विजया दशमी मनाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ०० बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध