निश्चित व्यक्तिले स्वार्थ पूरा गर्न जातीय हिंसा मच्चाए : शेख हसिना | Khabarhub Khabarhub

निश्चित व्यक्तिले स्वार्थ पूरा गर्न जातीय हिंसा मच्चाए : शेख हसिना


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप लगाएकी छिन् । बंगलादेशमा दुर्गा पूजा मनाउने क्रममा फेसबुकमा एउटा फेक पोस्टका कारण साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । एउटा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गर्नुका साथै हिन्दू मन्दिरमा तोडफोड गरेको थियो ।

‘बंगलादेशलाई सुनियोजित तरिकाले कसैले पनि पछाडि धकेल्न सक्दैन । पछिल्लो समयमा बंगलादेशमा भएका घटनाहरु सुनियोजित हुन् । देशमा अस्थिरता निम्त्याउन चाहने तत्वले यस्ता षडयन्त्र गरेका हुन् । ’ प्रधानमन्त्रीले भनिन् ।

बंगलादेशलाई जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको उनको भनाई थियो । ‘आफ्नो इच्छा पूरा गर्न निश्चित व्यक्ति र समूहले जातीय द्वन्द्व बढाउन लागि परेका छन्,’ उनले भनिन् ।

जातीय हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ । यसअघि कोक्स बजारबाट इक्वाल होसेन पक्राउ परेका थिए। होसेन बंगलादेशको पछिल्लो जातीय हिंसाका प्रमुख षडयन्त्रकारी भएको जनाइन्छ ।

हिंसाबीच, बंगलादेशका अल्पसंख्यक हिन्दूहरुले नौ दिनसम्म दुर्गा पूजा गरेर विजया दशमी मनाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ०० बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता