प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

बिहान ११ पछि बसेको १३ जना सर्वोच्चका न्यायाधीशहरुको बैठकले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटी मार्ग प्रशस्त आग्रह गर्ने सहमति पनि गरेका छन् ।

प्रधानन्याधीश र बिदामा रहेका न्यायाधीशबाहेक सबै न्यायाधीशहरूको बैठकले राणाले राजीनामा दिनुपर्ने निचोड निकालेको हो । बिदामा बसेका न्यायाधीशले पनि उक्त निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, सपनामल्ल प्रधान, तेजबहादुर केसी, कुमार चुडाल र नहकुल सुवेदी बिदामा छन् । उनीहरु सबैले सामूहीक निर्णयमा ऐकेबद्धता जनाउँदै प्रधानन्याधीश राणाले राजीनामा दिनुपर्ने जनाएका छन् । सर्वोच्चमा बिबाद बढेपछि सिन्हा र प्रधान बिदा छोट्याएर बुधबार काठमाडौँ फर्कदैछन् ।

वरिष्ठत न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी बैठकले सर्वोच्च अदालतको संकटमा प्रधानन्यायाधीश स्वयंले राजीनामा गरी निकास दिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानन्याधीस राणाले तोकेको इजलासमा सहभागी नभएर बैठक बसेका उनीहरु फुलकोर्ट बैठकमा पनि नजाने भएपछि सो बैठक अनिश्चित भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  २ : ३६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग