अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ « Khabarhub

अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ ।

तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् ।

‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ । त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’ , विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : ५९ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको