निर्धारित समयमै महाधिवेशन हुनुपर्छ, सार्ने ‘पप्रञ्च’ सैह्य हुन्न :  पौडेल « Khabarhub

निर्धारित समयमै महाधिवेशन हुनुपर्छ, सार्ने ‘पप्रञ्च’ सैह्य हुन्न :  पौडेल


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज-  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले अब पनि महाधिवेशन सार्ने पप्रञ्च भए सैह्य नहुने चेतावनी पनि दिए । महाधिवेशनका लागि समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा उनको जोड छ । कांग्रेसको १४औँ महाधिवेशन ९–१३ मंसिरमा गर्ने तयारी छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उनको भनाइ छ ।

पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताएका नेता पौडेलले यसले मुलुकलाई नै अस्थिरताको भूमरीमा फसाइएको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा